कोहलपुर,१९ फागुन/ हिन्दु धर्मावम्वीहरुको महान पर्व होलीको विशेष अवसर पारी चिसापानीमा अभिभावक विहिन बालबालीकालाई शैक्षिक सामाग्री वितरण गरीएको छ ।
बैजनाथ गाँउपालिका वडा नं. १ बाल क्लब संजाल चिसापानीको आयोजना र जिल्ला तथा नगर बाल संजालको सहयोगमा २० जना अभिभावक विहिन वालवालिका लाई शैक्षिणिक सामाग्री वितरण गरीएको हो।
उक्त कार्यक्रममा जिल्ला बाल क्लब संजालका उपाध्यक्ष खगेन्द्र बुढाको प्रमुख आतिथ्यता भएको थियो भने बैजनाथ गाँउपालिका वडा नं. १ का वाडाध्यक्ष रुप बहादुर मल्ल, WCP का संयोजक नैन बहादुर शाही, जिल्ला किसोरी क्लब संजालकी सचिब कमला डाँगी लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खगेन्द्र बुढाले होलीको नाममा वाईयात खर्च गरीरहेको बेला उता पढ्न चाहाने विद्यार्थी रुमलीरहेको छ । हामिले फरक सोच र बालबालीका को हितको लागि होली मनाउनु भन्दा अभिभाबक बिहिन बालबालीका लाई शैक्षीक सामाग्री बितरण गरेका हौं उहाँले भन्नु भयो।
हरेक क्षेत्र हरेक बर्ग लाई निश्चीत लाभको काम गर्नुहुन समेत सबैमा बुढाले आग्रह गरे । साथै उपस्थित सबैले यस बाल संजालले गरेको काम सबैको उदाहरणको काम भयको बताएका छन ।