कोहलपुर,१८ फागुन/ कोहलपुर स्थित लियो क्लबले आज कोहलपुरमा होलि विशेष कार्यक्रम गर्ने भएको छ ।
हिन्दु धर्मालम्बीहरुको ठुलो पर्व होलीका अवसरमा लियो क्लब कोहलपुरले ‘‘हाम्रो होली मनाऔं, मन खोली” भने नारा सहित होली विशेष कार्यक्रम गर्न लागेको हो ।
कोहलपुरको पौडि पोखरी (स्प्यालेस जोन) मा यही फाल्गुन १८ गते विहान १० बजेदेखि बेलुका ६ बजे सम्म कार्यक्रम संचालन गरिने लियो ब्लब कोहलपुरका सचिव सुवास गौतमले बताए ।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरुले ३ सयको टिकट लिदाँ एउटा निःशुल्क उपलब्ध गराइने र ५ सयदरको टिकट लिनेहरुलाई कार्यक्रममा टिसर्ट र पेय पदार्थ निःशुल्क गरिएको सचिव गौतमले बताए ।
महोत्समा विभिन्न साँस्कृतिक तथा मानोरञ्जनात्मक खेलहरु समेत संचालन गरिने बताएको छ ।
प्रकाशित मिति : २०७४ फागुन १८ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्