ज्ञानमैत्री कलेजमा स्वागत तथा विदाई



कोहलपुर,१६ फागुन/  बाँकेको कोहलपुर नगरपालिका—११ स्थित ज्ञानमैत्री वि.वि.एस कलेज —पुर्व रामजानकी क्याम्पस —मा प्रथम वर्षका विद्यार्थीहरुलाई मंगलबार स्वागत तथा चौथो वर्षका विद्यार्थीहरु लाई बिदाई कार्यक्रमा सम्पन्न गरेको छ ।

कार्यक्रमको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका पुर्व क्याम्पस प्रमुख तथा व्यवस्थापन संकायका उपप्रध्यापक चक्र बहादुर बमले उद्घाटन गरेका थिए ।उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि बमले वि.वि.एस अन्य व्यवस्थापन विषय भन्दा सैद्धान्तिक हिसाबले अब्बल र सर्वसुलभ रहेको बताए ।

कोहलपुर क्षेत्रमा ज्ञानमैत्री वि.वि.एस कलेज गुणस्तरिय कलेजको रुपमा आफ्नो आयाम बनाउन सफल भएको र आगामी वर्ष अझै सफल रहोस भन्ने शुभकामना व्यक्त गरे ।

कार्यक्रममा कलेजका संस्थापक प्रमुख गणेश प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विशेष अतिथि महेन्द्र बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख लक्ष्मण पोख्रेल रहेका थिए ।

त्यस्तै निम्बल एकेडेमीका संस्थापक निम बहादुर खत्री, समाजसेवी लुट बहादुर के.सी तथा शेर बहादुर शाही ,नैन बहादुर खत्री लगायतले मन्तव्य राखेका
थिए ।

दोस्रो वर्षका विद्यार्थी नवराज रावलको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संञ्चालन कोहलपुर मा.वि का प्रधानाध्यापक रतन शाहीले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १६ गते बुधबार