20 April 2021  |   बुधबार, बैशाख ८, २०७८

भिरबाट लडेर अछाममा १४ वर्षीया बालिकाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४  

अछाम,१४ फागुन/ अछामको कमलबजार नगरपालिका–६ बिरपथ डुप्केमा भिरबाट लडेर एक बालिकाकोे ज्यान गएको छ ।

स्थानीय सेते बिककी १४ वर्षीया छोरी रुपा बिकको घाँस काट्ने क्रममा तान्तु लगावन सामुदायिक वनमा भिरबाट खसेर घाइते भएपछि उपचारको क्रममा ज्यान गएको हो ।

फागुन १२ गते दिउँसो घाँस काट्ने क्रममा भिरबाट लडेर सख्त घाइते भएकी रुपाको उपचारको क्रममा कोहलपुर शिक्षण अस्पतालमा ज्यान गएको उनका आफन्तले जानकारी दिएका छन् ।

मृतक रुपा स्थानीय कृष्ण आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेको विद्याालयका प्रधानाध्यापक रणबहादुर थ्यायतले जानकारी दिनुभयो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४     6:58:21 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *