लोक गायन क्षेत्रमा जम्दै अमिर



कविन्द्र परियार कोहलपुर १२ फाल्गुन  लोक गायन क्षेत्रमा अमिर सुवेदी कुनै नौलो नाम होइन निकै मिठो स्वरका धनी गायक पछिल्लो समयमै चर्चामा छन । प्रत्यक्ष दोहेरी गायनबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक अमिरले आफ्नै शब्द ,लय र संगितमा करिब ७ वटा चर्चित लोक तथा दोहोरी गितहरु बजारमा ल्याईसकेका छन । सानै उमेर देखी लोक तथा दोहोरी गाउनमा निकै रुची राख्ने युवा गायक अमिर बाके बैजनाथ ५ जी गाउँका स्थायी बासिन्दा हुन २०४० सालमा पर्वतको भगंरामा जन्मिएका । गायक अमिर करिब एक दर्जन बढी लोक तथा दोहोरी गितमा स्वर दिईसकेका छन ।

उनीले गत हप्ता मात्रै लोक दाहोरी एल्बम अन्तरघात सार्वजनिक गरेको बताउँछन । २०५८ साल देखी गायन यात्रा सुरु गरेका उनी अभिनयमा समेत उत्तिकै रुचि राख्ने गरेको बताउँछन । आर्कषक जिउडालका धनी अमिर पछिल्लो समयमा उनीले दुई वटा लोक तथा दोहरी गितको भिडियोमा समेत अभिनय गरिसकेका छन । आफ्ना दाजु लोक तथा दोहोरी गायक संकल्प सुवेदीबाट प्ररेणा पाएर गायन क्षेत्रमा प्रवेश गरेका अमिरले दाजु संकल्प सुवेदी घर परिवारका सहयोगका कारण यो क्षेत्रमा सफलता प्राप्त गरेको बताउछन । उनको फेसनवाली श्रीमती निकै चर्चा पाएको गित हो ।

उनले पछिल्लो पिढीका धेरै युवा युवतीलाई समेत गायन र अभिनयमा अवसर दिईसकेका छन । उनले गायन यात्रामा आफुले निकै सर्घष गरेका कारण नयाँ आउनेहरुलाई सक्दो सहयोग गर्ने बताए । काठमाण्डौलाई कर्मथलो बनाएका उनीले अवसर डिजिटल म्यूजिक कम्पनी समेत खोलेका छन । तिमै्र दिलमा फुल्न सकिन ,फेसन वाली श्रीमती,तिम्रै चिन्ता भो,मुटुको ढुकढुकी लयगायतका दर्जन बढी गितहरु बजारमा उपलब्ध छन ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १३ गते आइतबार