20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

बाँकेको खजुरामा होटल ट्रिपल ब्रो सञ्चालनमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४  

कोहलपुर, १२ फागुन/  बाँकेको खजुरामा सुविधा सम्पन्न होटल संचालनमा आएको छ । खजुरामा हालसम्म बास बस्न तथा सुविधा सम्पन्न होटल नै रहेको हुनाले होटल ट्रिपल ब्रो लज एण्ड रेष्टुरेन्ट संचालनमा आएको हो ।

आज खजुरामा पत्रकार सम्मेलनको आयोजना गरि होटल ट्रिपल ब्रो को बारेमा होटलका संचालक इन्द्र कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।

खजुरा क्षेत्रमा नेपालकै दोश्रो ठुलो क्यान्सर हस्पिटल लगायतका ठुला ठुला क्षेत्रिय कार्यालय संचालन रहे पनि बास बस्न नेपालगन्ज धाउनुपर्ने बाध्यता भएको हुनाले होटल ट्रिपल ब्रो संचालनमा ल्याएको संचालक श्रेष्ठले बताउनुभयो ।

हाल ६ जना कर्मचारी राखेर काम चलाईरहेको र उद्घाटन पश्चात २२÷२५ जनाले रोजगार पाउने उहाँले बताउनुभयो । होटलमा दक्ष तथा अनुभवी कुकद्वारा बनाईएको नेपाली, इन्डियन र चाइनिज खाना, कुखुराको मासुका परिकार, परौठा, विरयानी, भेज आइटम लगायतका विभिन्न परिकारहरुको स्वाद चाख्न पाईने संचालक श्रेष्ठले बताउनुभयो ।

एसि सहितको डिलक्स रुपको साथै अटेज भएको रुम समेत उपलव्ध रहने उहाले बताउनुभयो । एसि मिटिङ हल पाटी प्यालेस गाडी पाकिङ लगायतका सुविधा रहेको संचालक श्रेष्ठले बताउनुभयो । पत्रकार सम्मेलनमा खजुराका स्थानिय जनप्रतिनिधि, सभासद, प्रहरी प्रशासन, कर्मचारी पत्रकार लसगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४     7:44:16 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *