2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

अखिल नेपाल ट्रेड यूनियन महासंघले प्रथम नगर सम्मेलन सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४  

डिल्ली शाही/फाल्गुन १२/ बाँकेको कोहलपुरस्थित अखिल नेपाल ट्रेड यूनियन महासंघ बाँकेले प्रथम नगर सम्मेलन शनिबार सम्पन्न गरेको थियो । अखिल नेपाल ट्रेड यूनियन महासंघले प्रथम नगर सम्मेलनबाट नयाँ कार्य समिति गठन गरेको थियो । नगर कमिटीका अध्यक्ष शेर बहादुर बुढाको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति सर्वसम्मत पारित गरेको थियो ।

त्यस्तै उपाध्यक्षमा धन राज न्यौपाने, सचिव दिलिप सोनी, सह—सचिव मुना खड्का, कोषाध्यक्षमा लाल बहादुर पुन, सदस्यहरु विष्णु यादव, धन बहादुर थापा, बन्दुवा थारु, राम सुरद धोवी, जगदिस दमौलि, अमर बुढा, गणेश नेपाली, अर्मिला वली, दिलमाया परियार, सुन्जु चौधरी, सञ्जय परियार, सर्वसम्मत चयन गरेको थियो । कार्यक्रममा अखिल नेपाल ट्रेड यूनियन महासंघका जिल्ला अध्यक्ष बसन्त मल्ल र जिल्ला इचार्ज बद्रि प्रसाद जैसी, नारायण हमाल लगायतले मन्तव्य राखेका थिए ।


कार्यक्रममा प्रमुख अध्यक्षतामा प्रदेश नं. ५ का अखिल नेपाल ट्रेड यूनियन महासंघ बाँकेका अध्यक्ष दान बहादुर वली (निर्माण)को भएको थियो । त्यस्तै प्रदेश नं. ५ का अखिल नेपाल ट्रेड यूनियन महासंघ बाँकेका अध्यक्ष दान बहादुर वली (निर्माण)ले ‘‘बाँकेमा रहेका मजदुरहरुको हक हितको लागि काम गर्ने उदेश्यले निर्माण गरिएको संगठन हो ।”, उनले भने ।
अखिल नेपाल ट्रेड यूनियन महासंघ बाँकेका जिल्ला अध्यक्ष बसन्त मल्ले कार्यक्रममा बोल्दै स्थानीय तहमा रहेका मजदुरहरुका समस्याहरुलाई पञ्जिकरण गर्ने, श्रम ऐन २०७४ लाई लागु गर्ने र सामाजिक सुरक्षा कोष लागू गर्ने जस्ता विषयमा लाग्ने जिकिर गरेका थिए । उनले भने राज्यको पुर्नसंरचना अन्र्तगत पार्टीको संरचना अनुसारनै हाम्रो कमिटी तयार गरिएको बताए । कार्यक्रमका संचालक अखिल नेपाल ट्रेड यूनियन महासंघ बाँकेका जिल्ला उपाध्याक्ष हजत वली शाहीले गरेका थिए ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४     6:48:15 PM  |