आगलागीमा परी बाजुरामा १० महिने बालिकाको मृत्यु



बाजुरा,११ फागुन/ बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर–८ थापावाडाको एक घरमा आगलागी हुँदा जलेर १० महिनाकी बालिकाको मृत्यु भएको छ ।

दिउँसो घरमा कोही नभएको समयमा अके थापाको घरमा आगलागी हुँदा उनको घरमा भाडामा बस्ने गंगा भण्डारीकी १० महिनाकी छोरी देवीका भण्डारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दिउँसो घरमा कोही नभएको समयमा विद्युत सट भई आगलागि हुँदा भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ । आगलागीबाट घर भित्र रहेका अन्नपात लुगा कपडा लगायतका सामाग्री जलेर नष्ट भएका छन ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ११ गते शुक्रबार