26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

बाँकेका स्थानीय तहका उपप्रमुखहरुलाई डुडुवामा स्वागत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४  

नेपालगन्ज, १० फागुन/   बाँकेका स्थानीय तह न्यायीक समितिका संयोजकहरुको आज बसेको बैठकले न्यायीक समितिका पदाधिकारी र कर्मचारीलाई दक्षता अभिवृद्धिको तालिम दिनुपर्ने निर्णय गरेको छ ।

बैठक बाँकेको डुडुवा गाउँपालिका कार्यालयमा बसेको थियो । बैठकमा बाँकेका ८ वटै स्थानिय निकायका न्यायीक समितिका संयोजकहरुको उपस्थिति थियो । न्यायीक समितिको संयोजकमा स्थानीय निकायका उपप्रमुख रहने व्यवस्था छ ।

बैठकले बाँकेका ८ वटै स्थानीय तहका उपप्रमुखबीच समितिको कामलाई प्रभावकारी संचालनका विषयमा छलफल समेत भएको थियो । त्यस अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले स्थानीय निकायबीच आपसी समन्वय गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

बैठकमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले त्यस गाउँपालिकाद्धारा संचालन भइरहेका काम, कारवाहीका विषयमा जानकारी गराउनु भएको थियो । गाउँपालिका अध्यक्ष चौधरीले जिल्लाका ८ वटै स्थानीय तहका उपप्रमुखहरुलाई अविर लगाई खादा ओढाएर स्वागत गर्नुभएको थियो ।

त्यसक्रममा गाउँपालिकाको भौतिक पुर्वाधार शाखा व्यवस्थापन लगायका विषयमा अनुगमन गर्दै उपमेयर थापाले न्यायीयक समितिलाई सहजताका लागि इजलास कक्ष, कानून शाखा कर्मचारीको व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गर्नुभएको थियो । समितिको अर्को बैठक राप्तीसोनारी गाउँपालिकामा बस्ने निर्ण भएको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४     7:32:42 PM  |