24 September 2023  |   आइतवार, अशोज ७, २०८०

कोहलपुर नगरपालिकालाई संयूक्त ध्यानाकर्षण पत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०७४  

कोहलपुर, फाल्गुन ०८ बाँके, अनेरास्वीयू र अखिल (क्रान्तिकारी)द्वारा कोहलपुर नगरपालिकालाई संयूक्त ध्यानाकर्षण पत्र मंगलबार बुझाएको छ । कोहलपुरमा रहेका निजी तथा सरकारी शिक्षण संस्थाहरुमा रहेको समस्याहरुलाई निराकरण गर्नेका लागि यस्तो ध्यानाकार्षण पत्र बुझाएको बागेश्वरी बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका कमिटी अध्यक्ष महेश बस्नेतले बताएका छन् ।


कोहलपुरका सबै शैक्षिक निजी विद्यालयमा छात्रावृति नियलम्बन गर्ने, आधारभुत तथा मावि तहमा सरकारी स्कुलमा विभिन्न बहानामा रकम असुलि रोक्न, निजि विद्यालयहरु सवारी साधान सिट क्षमता भन्दा बढि विद्यार्थी राखेर यात्रा गर्ने रोक्न, निजी विद्यालयलले दिने सेवा सुविधा, लिने शुल्क बारेमा नियलम्बन गर्ने, अनुमति बिना संचालनमा आएका निजी विद्यालयलाई अवलोकन गरी निरक्षण गर्ने जस्ता विषयहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । उक्त ध्यानाकर्षण पत्रमा अनेरास्ववियूका जिल्ला सहसचिव दिनेश केसी, क्षेत्र नं. १ सुमन घिमिरे, अखिल क्रान्तिकारी जिल्ला का सदस्य महेश बस्नेत, बागेश्वरी बुहुमुखी क्याम्पस कमिटी अध्यक्ष हेमन्त भट्टराई लगाएतको ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०७४     1:58:51 PM  |