24 September 2023  |   आइतवार, अशोज ७, २०८०

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

नेपालगञ्ज,०७ फागुन/    नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्र बैँक बाँकेको अध्यक्षमा लेखबहादुर पाण्डे निवार्चित भएका छन् । नेपालगन्जमा सोमवार भएको अधिवेशनले पाण्डेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा आस्था सुवेदी, सचिवमा वसन्त जिसी, सह सचिवमा राहुल कनौजिया, कोषध्यक्षमा मामराज पर्थिक, सदस्यहरुमा समिर कुमार सिंह, भोजराज भट्ट, जुना सिंह, निमिसा कुवँर राम नरेश तमौली र वनवारी लाल तमौली चयन हुनु भएको छ ।

निवतमान अध्यक्ष विष्णु वहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम संघको पार्षदमा राम फेरन तमौली छनौट हुनु भएको छ ।

राष्ट्र बैँकका कामु निर्देशक शैलेन्द्र रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा टे«ड युनिय बाँकेका अध्यक्ष विरेन्द्र शाह, नेपाल वित्तिय संस्था कर्मचारी संघ रष्ट्रिय समितिका केन्द्रिय सदस्य राजेन्द्र केसी, नेपाल वित्तिय संस्था कर्मचारी संघ बाँकेका अध्यक्ष वासुदेव रेग्मी, नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि विकाँस बैँकका क्षेत्रीय कार्य समिति अध्यक्ष नगेन्द्र शाह , नेपाल वित्तिय संस्था कर्मचारी नेपाल बैँक लिमिटेड क्षेत्रीय अध्यक्ष दिपक ओली, लगायतले आफ्नो मन्तब्य राख्नुभएको भएको थियो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     8:36:23 PM  |