24 September 2023  |   आइतवार, अशोज ७, २०८०

बन्द भएको प्रसुती सेवा केन्द्र पुन: सञ्चालनमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

बैतडी,७ फागुन/ बैतडीको पुर्चौडी नगरपालिकामा पानी अभावका कारण बन्द रहेको प्रसुती सेवा सञ्चालनमा आएको छ । नगरपालिकाको वडा नंबर ९ तल्लादेही स्वास्थ्य चौकीमा पानी नहुँदा प्रसुती सेवा एक वर्षदेखि बन्द रहेको थियो ।

स्वास्थ्य चौकीमा स्वास्थ्य व्यवस्थापन समिति नहुँदा अन्य स्वास्थ्यका कामकाज पनि प्रभावित भएका थिए । वडा नम्बर ९ का वडा अध्यक्षलगायत स्थानीयहरुको बैठकले स्वास्थ्य व्यवस्थापन गठन गरी नजिक पर्ने खोलाबाट पानी ल्याउने सहमति भएपछि प्रसुती सेवा सुरु गर्न लागिएको हो ।

लामो समय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति गठन नभएका कारण स्वास्थ्य संस्थाको सबै काम प्रभावित बनेको थियो । गएको माघ २४ गते समितिले पूर्णता पाएपछि बन्द रहेको प्रसुती केन्द्र सञ्चालनमा ल्याउन पहल गरीएको हो ।

स्वास्थ्य संस्थामा खानेपानीको समस्या भएकाले चैत्र मसान्तभित्र स्वास्थ्य चौकीमा खानेपानी योजना सम्पन्न गरीने हेल्थ फाउण्डेसन नेपालका लजेस्टिक अफिसर अम्बादत्त अवस्थीले बताउनुभयो । स्वास्थ्य संस्थामा कर्मचारीको पनि अभाव रहेको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     7:39:36 AM  |