18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

कैलालीमा बस दुर्घटना, दुई दर्जन बढी घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४  

कैलाली,५ फागुन/  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१३ अत्तरियाबजारनजिकै शनिबार दिउँसो एक यात्रीबहाक बस दुर्घटना हुँदा दुई दर्जन बढी घाइते भएका छन् ।

टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई दर्जन बढी घाइते भएको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

उनकाअनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४     9:17:12 PM  |