24 September 2023  |   आइतवार, अशोज ७, २०८०

आईपीएलको ११औँ सिजनको खेल तालिका सार्वजानिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४  

एजेन्सी,५ फागुन/   इन्डियन प्रिमियर लिग आईपीएलको ११औँ सिजनको खेल तालिका सार्वजानिक भएको छ । पहिलो खेलमा मुम्बईले ७ अप्रिलमा चेन्नईविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

डिफेन्डिङ च्याम्पियन मुम्बईले २ वर्षको प्रतिबन्धपछि खेलमा फर्किएको चेन्नईको सामना गर्नेछ । नयाँ कार्यक्रममा समयमा कुनै परिर्वतन गरिएको छैन, यद्यपि, ब्रोडकास्ट राइट भने स्टार स्पोर्ट्सले पाएको छ । यसपटक आईपीएलमा ५६ लिग खेलसँगै कुल ६० खेल हुनेछन् ।

जसको फाइनल २७ मेमा मुम्बईको वानखेडे मैदानमा हुनेछ। नेपालीहरूले बहुप्रतीक्षाका साथ हेरेको दिल्लीले भने दोस्रो खेलअन्तर्गत किङ्स इलेभेन पञ्जावविरुद्ध फिरोज शाह कोटला मैदानमा ४ बजे प्रतिस्पर्धा गर्नेछ । सोही रात कोलकाता र बैंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४     7:48:17 AM  |