19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

वडाले ग¥यो खेलाडीलाई सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ४, २०७४  

बर्दिया,४ फागुन/  बर्दियाको मधुवन नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप रङिङ्ग शिल्डमा फुटबल प्रतियोगितामा विजयी भएर वडा नं.६ को नाम उच्च राखेको भन्दै मधुवन नगरपालिका वडा नम्बर ६ ले विजयी खेलाडीहरुलाई अभिनन्दन एव्म सम्मान गरेको छ ।

गत माघ २७ देखि फागुन १ सम्म संचालित प्रथम मेयर कप रङिङ्ग शिल्डमा फुटबल प्रतियोगितामा विजेताहरुलाई सम्मान गरिएको हो । मधुवन नगरपालिका वडा नम्बर ६ को आयोजनामा सम्पन्न भएको उक्त सम्मान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि एव्म साविक सानोश्रीका अध्यक्ष टंक ओलीले खेल मानव जिवनको लागि आवश्यक पर्ने भएकाले यसको महत्व रहेको बताए ।

उनले खेल खेल्नलाई अनुशासनको महत्व रहने बताउदै विजयी खेलाडीहरुलाई शुभकामना समेत दिए । यस्तै कार्यकं्रमका विशेष अतिथि एव्म समाजसेवी धर्मराज थापाले विजय खेलाडीहरुलाई शुभकामना दिदै अनुशासित , मर्यादित, योग्य र मेहनति व्यक्ति मात्र विजय र सफल हुने बताए ।

खेललाईलाई जिवन्त बचाई राख्नु विजयी खेलाडीहरुको प्रथम दायित्व भएको उनको तर्क थियो । कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधि, सामजसेवी, खेलप्रेमीले सम्मान तथा बधाई ज्ञापन मन्तव्य राखेका थिए ।

कार्यक्रम मधुवन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भतm बहादुर सुनारको सभापतित्वमा भएको थियो । माघ २७ देखि फागुन १ सम्म संचालित प्रथम मेयर कप रङिङ्ग शिल्डमा फुटबल प्रतियोगितामा खेलमा उत्कृष्ट गोल किपरको उपाधी वडा नं ६ का गणेश घलेले हात पारेका थिए ।

त्यस्तै उत्कृष्ट डिफेन्डर वडा नंं ६ कै विवेक खड्का घोषित भएका थ्एि । महिला १ सय मिटरको दौडमा वडा नं ६ कि निशा राजवंशी द्धितीय तथा शुशिला गुल्टैलि तृतीय भएकी थिइन् यता पुरुष तर्फको १ सय मिटरको दौडमा वडा नं. ६ का विकास बि.क. प्रथम भएका थिए ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ४, २०७४     8:56:40 PM  |