बैतडी/ चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन । घाइते मध्ये पाँचको अवस्था गम्भीर छ ।
मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती,सेनानी सुदिप बानियाले जानकारी गराएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं पठाइएको सेनानी बानियाले बताए । बानियाका अनुसार तालिममा रहेका सेनाका जवानहरु एक्कासी चट्याङ लागेर घाइते भएका हुन् ।
सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
प्रकाशित मिति : २०७४ फागुन ३ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्