नेपालगञ्ज,२९ माघ/ नेपाल पत्रकार महासंघको बाँके शाखा स्थापना दिवसकै अवसरमा दिवस मनाउन सहभागी भएका पत्रकारकार महासंघका सदस्यहरुलाई सूचनाको हक सम्बन्धी अभिमूखिकरण गरिएको थियो ।
खासगरी पत्रकारहरुले प्राप्त गर्ने सूचनाहरु कुन –कुन प्रकृतिका र कस्ता–कस्ता कार्यालयहरुमा बढी हुन्छन् ? तिनलाई प्राप्त गरेर ती सूचनाहरुलाई आम नागरिक सम्म पु¥याउन कसरी सकिन्छ भन्ने बारेमा अधिवक्ता विश्वजीत तिवारीले स्पष्ट पारेका थिए ।
तिवारीले पत्रकारहरुले समाचार लेख्दा समाचारको स्रोत आवश्यक हुने र पत्रकारलाई सूचना मौखिक रुपमै पनि प्राप्त हुने हुँदा लिखित रुपमा सूचना माग गर्ने चलन नभएकाले त्यो कुनै अवस्थामा अदालती प्रक्रियामा जाँदा समस्या हुने बताए ।
कुनै कारणबस अदालतमा मुद्दा परेमा समाचारको स्रोत प्रमाणको रुपमा पेश गर्नु पर्ने हुन्छ । त्यस्तो प्रमाणका लागि पनि प्रकारहरुले आफू र आफ्नो समाचारलाई बलियो बनाउनका लागि पनि लिखित रुपमा सूचना माग गर्ने पद्धतीलाई ध्यान दिन सुझाव दिए ।
त्यस्तै अधिवक्ता राजेन्द शर्मामा हालको संघीय संरचनामा राज्यले सूचनाको हक सम्बन्धी स्पष्ट व्यवस्था गरेको भए पनि सूचना माग गर्न सरोकारवाला निकायहरुमा आम सर्वसाधारणको पहुँच नहुने भएकाले त्यस्तो mकाम पत्रकारले गर्नु पर्ने सुझाव दिए ।
प्रत्येक कार्यालयमा एक जना सूचना अधिकारी रहनु पर्ने र ती कार्यालयहरुले प्रत्येक तीन÷ तीन महिनामा सूचनाहरुको अध्यावधि र सार्वजनिक गर्नु पर्ने प्रावधान रहेको शर्माले जानकारी गराए ।









प्रतिक्रिया दिनुहोस्