छात्रालाई साईकिल सहयोग



नेपालगञ्ज,२६ माघ/  नौं बर्ष अघि दिवंगत बासकी पूर्ब केन्द्रीय रुक्मिणी शाहको जन्मदिनमा बासले एक छात्रालाई शाईकल सहयोग हस्तान्तरण गरेकोछ । बासद्धारा नेपालगञ्जमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो । नेपालगञ्ज स्थित हिमालय शाईकल हाउसको सहकार्यमा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषका तर्फबाट उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
भेरी बिद्या ईङ्गलिस मिडियम स्कुल, एअरपोर्ट, राँझामा कक्षा ५ मा अध्ययनरत छात्रा अस्मिता थापालाई उक्त सहयोग हस्तान्तरण गरिएको हो । बासका कानुनी सल्लाहकार केशव कोईराला, शाहकी मुवा रमादेबि शाह र हिमालय शाईकल हाउसका प्रोपराईटर मेराज अहमद हल्वाईले संयुक्त रुपमा छात्रा अस्मिता, उनकी आमा डिला थापालाई संयुक्त रुपमा शाईकल हस्तान्तरण गरेका छन्् ।
नेपालगञ्ज–२० नयाँबस्ति निवासी डिला आर्थिक अवस्था कमजोर भएकि महिला हुन् । श्रीमानले अर्काे बिवाह गरि २ बर्ष अघि भारत गएपछि उनी एकल रुपमा जीवन यापन गरिरहेकि छिन् । १ छोरा र १ छोरीकी आमा डिला घरखर्चको जोहो गर्न इट्टा, मसाला बोक्ने, मजदुरी गर्ने गर्दछिन् ।
छोरा र छोरीलाई उक्त बिद्यालयमा पढाउँदै आएकि डिलाको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि बिद्यालयले अस्मितालाई निःशुल्क रुपमा पढाईरहेकोछ । बिद्यालयबाट ५ किलो मिटर टाढा घर भएकि अस्मिता हरेक दिन १ घण्टाको बाटो हिँडेर बिद्यालय जाने गर्छिन् । पठन—पाठन गर्न सहज होस् भन्ने हेतुले शाईकल सहयोग गरिएको हो ।
शाईकल हस्तान्तरण कार्यक्रममा बिद्यालयकी शिक्षिका सुमित्रा बरालले बासबाट भएको सहयोगको प्रशंसा गरिन् । उनले बिद्यालयका तर्फबाट ७० जना बिद्यार्थीलाई निःशुल्क पढाईरहेको बताईन् । शाईकल सहयोगबाट पठन—पाठनमा सहज होस् हुने बिश्वास उनले व्यक्त गरिन् । सहयोग पाएपछि छात्रा अस्मिता र उनकी आमा डिला थापाले खुसी व्यक्त गरे । अस्मिताले भनिन्—यो सहयोगले मलाई पठन—पाठनमा धेरै सजिलो हुनेछ ।
कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा दिवँगत रुक्मिणीका दाजु नमस्कार शाहले दिवंगत शाहको बारेमा बोल्दै उनको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताए ।
बासका अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बासका पदाधिकारी, सदस्य, कर्मचारी तथा स्वयंसेवकहरुको सहभागिता थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रबार