बढैयातालमा जवाफदेहिता समूह गठन



बर्दिया,२३ माघ/   बर्दिया जिल्लाको बढैयातालगाउँपालिकाको –६ मैनापोखरमा सुुशासन र जवाफदेहिताको बारेमा युुवाहरुले रेडियो सुुन्ने र छलफलगर्ने कार्य समुुह गरिएको छ ।

एफएचआई ३६० र युएसआईडिको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जबाँके र ईक्वेल एक्सेसको सहकार्यमा सो समुुह गठन भएको हो ।

पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत सन्जिता कुुमारी चौधरीको अध्यक्षतामा १५ सदस्यीय समुहको गठन गरिएको छ । जसका उपाध्याक्षमा सन्तोष कुुमार थारु, सचिवमा सुुनिता थारु र सहजकर्तामा सनिता थारु चयन भएका छन् ।

पारस्परिक जवाफदेहिता परियोजना तथा सो समुुहको काम र कर्तब्य बारेमा सुचना र मानवअधिकार अनुसन्धान केन्द्रका बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोमबहादर गुरुङ र सामुुदायिक सन्चारकर्मी अनोज थारुले युुवा विच छलफल गरी जानकारी गराएका थिए ।

सो समुुहमावडानं.६, मैनापोखरका १५जना युुवाको सहभागीता रहेको थियो । यस किसिमका समुुहगठन हुुँदा स्थानीय युुवाका सरोकारका विषयमा सवालउठाउन सजिलो हुुने र युुवाको सवालमा खुुलेर कार्य गर्न योजना बनाउन सफल हुने समुुहका सहजकर्ता सनिता थारुले बताइन् ।

नवगठित समुुहका अध्यक्ष संजिता कुुमारी चौधरीले स्थानीय समस्या एकै ठाउँमा बसेर रेडियो कार्यक्रम साझाबोली सुुन्ने र छलफल गर्ने अनि कसरी समाधानको उपाय निकाल्ने भन्ने बारे पृष्ठपोषण दिनसकिने साझा चौतारीको रुपमा यो समूहको विकास हुुने बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २३ गते मंगलबार