बझाङ, २१ माघ/ जिल्लाको ११ वटा स्थानीय तहमा बैङ्ीक्ङ सुविधा नहुँदा सेवा ग्राहि मर्कामा परेका छन् । दुई नगरपालिका सहित १२ वटा स्थानिय तह रहेको बझाङमा ११ वटा स्थानीय तहमा बैंक नहुँदा सर्वसाधारण, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या परेको छ ।
नेपाल सरकारले गत साउन महिनामै १२ वटै स्थानिय तहमा बैंकको शाखा पुर्याउने भनेको भए पनि अहिलेसम्म पुर्याउन सकेको छैन । बैंकिङ सुविधा नहुँदा गाउँपालिका तथा नगरपालिकाबाट सञ्चालित विकासका योजना तथा कार्यक्रमको रकम भुक्तानी गर्न सदरमुकाम चैनपुरमै धाउनु परेको बुङगल नगरपालिकाका प्रमुख धन बहादुर विष्टले बताउनुभयो ।
स्थानिय तहमा बैंक नभएका कारण नगरपालिका र गाउँपालिकाको खाता पनि सदरमुकाममा रहेको वाणिज्य बैंक र अन्य बैङ्कहरुमा खोलिनुपर्ने बाध्यता रहेको छ । हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनै पर्ने बाध्यता स्थानिय तहका सेवाग्राहिहरुको रहेको छ ।
स्थानिय तहमा बैक नहुँदा सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलव पनि सदरमुकामबाट बोकेर लैजानु पर्ने र बाटोमा लुटिने डर रहेको बुङगल नगरपालिका वडा नं २ का वडा सचिव धन बहादुर धामीले बताए ।








प्रतिक्रिया दिनुहोस्