कर्मचारीले गरे कार्यालयमै आत्महत्या



दाङ, २१ माघ/ लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आज बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २१ गते आइतबार