नेपालगञ्ज,१५ माघ/ प्रादेशिक महोत्सव २०७४ को नेपालगञ्जमा ‘बालबालिकाको खेलाउनादेखि गाडी बिक्रीसम्म’को केन्द्र बनेका छ । महोत्सव औपचारिकतामा मात्र होइन,ठुलो व्यवसायिक कारोवार गर्ने माध्यम बनेको पाइएको छ ।
प्रादेशिक महोत्सव नेपालगञ्जका मूल आयोजक समितिका संयोजक नन्दलाल बैश्यका अनुसार, महोत्सवमा स—साना सामाग्री देखि मोटरसाईकल, जिप, ट्याक्टर, बसहरुको कारोवार भइरहेको छ ।
कसैले महोत्सवबाट खरिद बिक्री गरिरहेका छन् भने खरिद बिक्रीका लागि सम्पर्क सुत्र समेत बनाएका छन् । ‘महोत्सवहरु औपचारिकतामा मात्र सिमित नहुने रहेछ ।’ अध्यक्ष बैश्यले भने,—‘अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने रहेछ ।’
विभिन्न कम्पनीहरुले महोत्सवमा आकषर््ाक छुट समेत दिएका कारण विक्री वितरणमा आर्कषण देखिएको छ । युनाईटेड मोटर्सका प्रवन्धक डम्बर बिसीले हरेक सामाग्रीहरुको विक्री वितरणका लागि महोत्सव उपयुक्त माध्यम बनेको उल्लेख गरे ।
प्रादेशिक महोत्सवमा प्रित ट्याक्टरको सोरुम राखेका उनले ट्याक्टर विक्रीमा आकर्षक पुरस्कार राखिएको बताए ।जमंगलम सिमेन्ट उद्योग, शिखर प्लाईउड, जस्ता स्थानीय कम्पनीहरुले सहुलित दरमा आफ्ना सामाग्रीहरुको विक्री वितरण गरिरहेका छन् ।
स्थानीय तयारी पोशाक, विभिन्न घरायसी सामाग्रीका उत्पादकहरु , प्राविधिक सामाग्रीहरु, खाद्यनका सामाग्रीहरु धमाधम विक्री भइरहेका छन्
२२ गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३सय २१ स्टल रहेका छन ।
५ लाख बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिएको महोत्सव आयोजक नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव अजय कुमार टण्डनले बताए ।
महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गराउन तथा दर्शकहरुको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा समेत जडान गरिएको छ । मनोरन्जनात्मक कार्यक्रम तर्फ अञ्जु पन्तले दर्शकहरुलाई नचाएकी थिइन ।
यस्तै खुश्बु खड्का, कला लम्साल, बसन्त लम्सालल आफ्नो प्रस्तुती दिएका थिए । राही मार्ट नृत्य प्रतियोगिता शुरु भएको छ भने विभिन्न स्थानीय कलाकारहरुले विशेष प्रस्तुती दिएका थिए ।
आज पशुपति शर्मा महोत्सवको आज सोमबारका दिन चर्चित लोकदोहोर गायक पशुपति शर्मा आउने भएका छन् । उनको उपस्थितिमा विशेष प्रस्तुती रहने आयोजकले जानकारी गराएका छन् । सोमबारको कार्यक्रममा कला लम्साल, सविन अधिकारीको नृत्य हुने छ भने रमेश दुलालो हांस्य प्रस्तुती हुने सांस्कृतिक समितिले जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्