चितवन,१३ माघ/ डिल्लीबजार कारागारबाट फरार भएका एक अभियुक्तलाई शनिबार साँझ भरतपुरमा प्रहरीले पक्राउ गरेको छ ।
निजलाई भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साई पेट्रोलपम्पअगाडि चेकजाँचकाक्रममा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार माघ ४ गते डिल्लीबजार कारागारबाट फरार भएका रामेछाप, दोरम्बाका २९ वर्षीय टीका थापामगरलाई पक्राउ गरिएको हो ।
ना४७प ५०५२ नम्बरको पल्सर मोटरसाइकलमा आउँदै गरेका उनी र अर्का एक व्यक्तिले प्रहरीलाई देखेपछि ‘फायरिङ’ गर्दा प्रहरीले ६ राउन्ड जवाफी फायरिङ गरेको थियो ।
थापाकाअनुसार मोटरसाइकलमा पछाडि बस्ने व्यक्ति भागेका छन् भने चलाउने थापामगर पक्राउ परेका हुन् ।
थापामगरको हात र तिघ्रामा गोली लागेको उनले बताए । थापामगरको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७४ माघ १३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्