अछाममा दोस्रो पञ्चदेवल महोत्सव फागुनमा हुने



अछाम,१३ माघ/    ”पञ्चदेवल, स्थानीय उत्पादन, साहित्य, संस्कृती, शिक्षा र पर्यटन विकासका लागि दोस्रो पञ्चदेवल महोत्सव २०७४ भन्ने मुल नारा सहित आगामी फाल्गुन १८ गते देखि अछामको पञ्चदेवल विनायक नगरपालिका मा पञ्चदेवल महोत्सव सन्चालन हुने भएको छ ।

महोत्सव पञ्चदेवल विनायक नगरपालिका अछामको आयोजनामा हुन लागेको हो । महोत्सव बाट पञ्चदेवल क्याम्पसको शैक्षिक विकासका लागि आर्थिक सहयोग जुटाउने र सुदुर मध्यपश्चिमका विभिन्न क्षेत्रमा अन्धविश्वासको रुपमा रहेको छाउपडि कुप्रथाका विरुद्ध विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने उदेश्यका साथ सञ्चालन गर्न लागिएको महोत्सव फाल्गुन १८ गते देखि २७ गते सम्म हुने भएको हो ।

विशेषगरि राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक एंव हास्यव्यङग्य प्रस्तुती, देउडा, न्याउले, मारुनी, पञ्चेबाजा, होरी, भुव खेलको प्रदर्शनी, स्थानीयकला तथा झाकि प्रदर्शनी ७ नं प्रदेशको पर्यटकिय स्थालहरुको फोटो प्रदर्शनी, बालउद्यान, विभिन्न प्रतियोगिता लगायतका मुख्य आर्कषणहरु रहेका छन ।

डेढ लाख दर्शकहरुलाई भित्राउने उदेश्य रहेको महोत्सवमा ८० देखि १०० वटा सम्म स्टल रहने मुल आयेजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १३ गते शनिबार