चौंरीगाईको पुच्छर र हड्डीसहित वृद्ध पक्राउ



अछाम,९ माघ/  अछाम प्रहरीले अवैधरुपमा चौंरीगाईको पुच्छर र हड्डी ओसारपसारमा संलग्न रहेको आरोपमा मंगलबार एकजनालाई पक्राउ गरेको छ ।

हुम्लाको सिमकोट गाउँपालिका–६ का ६८ वर्षीय कुंगा लामालाई प्रहरीले पक्रेको हो ।

अछामको ढकारी गाउँपालिका–१ सैनबजारमा गस्तीमा रहेको प्रहरी टोलीले कुंगामाथि शंकाको आधारमा चेकजाँच गर्दा उनको झोलाबाट चौंरीगाईको ७ थान सेतो पुच्छर र एकथान कालो पुच्छर बरामद गरेको जनाइएको छ ।

यस्तै, उनको साथबाट पाँचथान हड्डी पनि बरामद भएको अछामका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ९ गते मंगलबार