कैलालीमा पेस्तोलसहित दुईजना पक्राउ



कैलाली, ९ माघ/   कैलालीमा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीले सोमबार राति गोदावरी नगरपालिका–२, अत्तरियाबाट नटकटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुईजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान भइरहेको जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार, गोदावरी नगरपालिका–२ का चेतन कार्की र प्रवीन कठायत पेस्तोलसहित पक्राउ परेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ९ गते मंगलबार