डोटी,६ माघ/ क्षेत्रीय सदरमुकाम दीपायलमा शनिबार आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रादेशिक राजधानीको माग गर्दै आएका आन्दोलनकारी र प्रहरीबिच ढुंगा हाना हान हुँदा आधा दर्जन आन्दोलनकारी घाइते भएका छन ।
झडपमा परी कांग्रेस नेता घनश्याम पाठक लगायत अन्य ५ जना घाईते भएका हुन् । घाइतेको राजपुर स्थित महाकाली पोलिकिल्निकमा उपचार भईरहेको छ ।
आन्दोलनकारीको कोणसभा सकिए सँगै आन्दोलनकारी मध्येका केहीले एकाएक प्रहरीलाई ढुंगा हाने पछि प्रहरी तथा आन्दोलनकारी बिच केही समय दोहोरो ढुंगा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन् । झडपका कारण क्षेत्रीय सदरमुकाम दीपायल स्थिती राजपुर बजार तनाबग्रस्त बनेको छ ।
प्रकाशित मिति : २०७४ माघ ६ गते शनिबार








प्रतिक्रिया दिनुहोस्