कैलाली,४ माघ/ कैलाली जिल्ला फुटबल संघको नेतृत्व १६ वर्षपछि फेरिएको छ ।
निवर्तमान अध्यक्ष प्रकाश विष्टले १६ वर्षसम्म अध्यक्ष सम्हालेपछि धनगढीमा भएको ७ औँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
मोहित शाहको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा अनिल मल्ल, सुरेश हमाल र राघवेन्द्र कार्की, महासचिवमा ओम प्याकुरेल, कोषाध्यक्षमा रामदत्त भट्ट, सचिवमा कुमारबहादुर शाह चयन भएका छन ।
‘हाम्रो गोल, महिला हिंसा विरुद्धको बोल’ भन्ने मूल नाराको साथ कैलाली जिल्ला फुटबल संघ धनगढीले आफ्नो ७ औं साधारण सभा एवं जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।
प्रकाशित मिति : २०७४ माघ ४ गते बिहीबार








प्रतिक्रिया दिनुहोस्