दीपायलमा प्रदर्शन, ट्राफिक प्रहरी चौकीमा आगजनी



डोटी,४ माघ/  प्रदेश नम्बर ७ को अस्थायी राजधानी दीपायलमा हुनुपर्ने माग गर्दै आन्दोलन गरेका प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीको ट्राफिक पोस्टमा आगजनी गरेका छन् ।

दीपायल कुलपाटेमा रहेको ट्राफिक प्रहरी पोस्टमा उनीहरुले आगो लगाएका  हुन् ।  जस्ताले बारेर बनाइएको घरमा राखिएको ट्राफिक पोस्ट जलेर पुरै जलेर नष्ट भएको छ ।   सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा तोकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ४ गते बिहीबार