
बैतडी,४ माघ/ बैतडीको दशरथचन्द नगरपालिका ३ दुर्गाभवानीमा एक घरमा गएराती आगलागी भएको छ ।
दुर्गाभवानीका केशव क्षेत्रीको घरमा आगलागी हुदाँ ५५ हजार नगद सहित जलेर १ लाख ५५ हजार रुपैयाँ बढीको क्षति भएको देहिमाण्डौं प्रहरीचौकीका प्रहरी सहायक निरिक्षक राज बहादुर पालीले जानकारी दिनुभयो ।
बिद्युत तार सर्ट भएर आगलागी भएको र आगलागीवाट घरभित्र रहेका नगदसहित अन्य सामाग्रीहरु नस्ट भएको हो ।
प्रकाशित मिति : २०७४ माघ ४ गते बिहीबार








प्रतिक्रिया दिनुहोस्