डोटी,३ माघ/ ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी बनाएको विरोधमा नेपाली कांग्रेस डोटीको सबै पदाधिकारीले राजीनामा दिएका छन् ।
सबै हिसावले डोटी राजधानी बन्न उपयुक्त भए पनि सरकारले धनगढीलाई राजधानी भएको भन्दै सिंगो जिल्ला कार्यसमितीले राजीनामा दिएको हो ।
यस्तै लगातारको बन्दका कारण डोटीको जनजीवन प्रभावित भएको छ । बुधबार बेलुका ५ बजेबाट बन्द खुल्ने भनिएपछि तराईबाट पहाड र पहाडबाट तराइका लागि छुटेका ५१ वटा गाडी डोटीमा रोकिएका छन् । ती गाडीमा रहेका सयौं यात्रु अलपत्र परेका छन् ।
प्रकाशित मिति : २०७४ माघ ३ गते बुधबार








प्रतिक्रिया दिनुहोस्