अन्नपूर्ण दैनिकको ग्राहक आकर्षण योजना शुरु



अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकले वार्षिक ग्राहक योजना सुरु गरेको छ । राजधानीलगायत देशभर रहेका अन्नपूर्ण पोस्टका सबै क्षेत्रीय कार्यालयहरुमाफर्त आइतबार एकैसाथ ग्राहक आकर्षक योजनाको शुरु गरेको छ । यसैक्रममा अन्नपूर्ण पोस्टको मध्य तथा सूदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगन्जले पनि वार्षिक योजनाको सुरुवात गरेको छ । बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य इश्तियाक राई तथा प्रदेश सभा सदस्य सुरेन्द्र हमालले वार्षिक ग्राहकको रसिद लिँदै आफ्नो रक्त चाप समेत जाँच गराएर वार्षिक ग्राहक योजनाको सुरुवात गरेका छन् । त्यसक्रममा राईले अन्नपूर्ण पोस्टले पाठकहरुलाई ज्ञान, सूचना र मनोरञ्जनसँगै सम्पूर्ण जनताको स्वास्थ्यलाई समेत ख्याल राख्दै ग्राहक योजना सुरुवात गरेकोमा प्रशंसा गरे ।
त्यस्तै प्रदेशसभा सदस्य हमालले जनतालाई स्वास्थ्यप्रति सचेत गराउने अभियानलाई सबैले साथ दिनुपर्ने बताए । अन्नपूर्ण पोस्टका क्षेत्रीय इन्चार्ज प्रेम केसीले अन्नपूर्ण पोस्टको वार्षिक योजना अन्तर्गत आइतबारदेखि नै मध्य तथा सूदूरका सबैजसो जिल्लाहरुमा अन्नपूर्णका प्रतिनिधिहरु खटाइएको जानकारी गराए । यो योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्टको वार्षिक ग्राहक बन्नासाथ हातहातै इलेक्ट्रोनिक्स ब्लडप्रेसर (बीपी) मेसिन उपहार पाउनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २ गते मंगलबार