बर्दिया,२६ पुस/ थारु समुदायकोे महान पर्व माघीपर्वको उपलक्ष्यमा नेपाली काँग्रेस बारबर्दिया नगरसमितिले जिल्लामा पहिलोपटक सांगीतीक कार्यक्रम सहित माघीमिलन तथा शुभकामना आदानप्रदान गर्ने भएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका –. ६ जयनगर बजारमा यही पुष २९गते शनिवारका दिन एकदिने माघीमिलन तथा शुभकामना आदानप्रदान सांगीतीक कार्यक्रम आयोजना गर्न लागेको मुल समारोह समितिका संयोजक एंव काँग्रेस नेता अधिवक्ता छविलाल थारुले बताए ।
प्रेस क्लब अफ नेपाल (पी सी एन) सँगको साक्षात्कारमा संयोजक थारुले बार बर्दिया नगरपालिका भित्र रहेका सदाशिव मन्दिर,सतखलुवा ताल,सतखलुवा होमस्टे,बारबर्दिया,भैरव मन्दिर,थानफेना र फेनापति मन्दिर लगायतका ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक र पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्ययले माघी मिलन कार्यक्रम गर्न लागिएको बताए ।
महोत्सवको बर्दिया १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एंव सिंचाइँमन्त्री सञ्जयकुमार गौतमले पुष २९गते दिउसो १२ बजे एक समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्