डिजे गितका साथ आए फेरी विश्व सागर



कोहलपुर २४ पुस गायक विश्वसागर परियार फेरी नयाँ डि.जे गितका साथका बजारमा आएका छन । थारु गितका कुशल गायकका रुपमा चिनिएका विश्वसागरको पछिल्लो समयमा बजारमा आएको उनको थारु डि.जे गीत रुप रङके रानी हुईतो यतिबेला निकै चर्चामा छ । विश्व सागरकै लय शब्दमा आर.के.सी म्युजिक प्रा.ली बाट बजारमा ल्याईएको सो गितको प्रस्तुतकर्ता सुमन चौधरी हुन । थारु युवायुवतीहरुको मागलाई मध्यनजर गर्दै बजारमा ल्याइएको सो गीतले थुप्रै थारु युवा युवतीहरुको मन तानीरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २६ गते बुधबार