डोटी,२४ पुस/ ७ नम्बर प्रदेशको राजधानी दीपायल तोकिनु पर्ने माग गर्दै १३ दिनदेखि चलिरहेको बन्द फिर्ता भएको छ ।
क्षेत्रीय प्रशासन कार्यालयमा हरेक दिन दुई घण्टा धर्ना दिने र दुई घण्टा बजार बन्द गर्ने निर्णय गर्दै डोटीका बासिन्दाले बन्द फिर्ता गरेका हुन् । बन्द खुलेसँगै यातायातका साधन चल्न थालेका छन् । बन्दका कारण जनजीवन प्रभावित भएको थियो ।
त्यस्तै सोमबार नै दीपायलका स्थानीय बासिन्दाले बन्दका क्रममा मैलिएको दीपायल बजारलाई धोइपखाली सफा बनाएका थिए । लामो समय बन्द गर्दा जनजीवन प्रभावित भएको भन्दै बन्द फिर्ता गरिएको हो ।
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार









प्रतिक्रिया दिनुहोस्