
काठमाडौं/ नेपाली सेनाले रसियाबाट खरिद गर्न लागेको थपदुई एम आई १७ (भी-५) हेलिकोप्टरको विकल्प भन्दै युक्रेन सरकारको स्वामित्वको कम्पनीले काठमाडौंसम्म आएर चर्को लबिइङ थालेको छ। कुटनीतिक राजनीतिक र विचौलिया (केही व्यापारीहरु) मार्फत युक्रेनले पहल थालेको हो।
युक्रेन हेलिकोप्टर एभिएसनको लबिइङपछि नेपाली सेना र सरकारमा कुन प्रकारको हेलिकोप्टर खरिद गर्ने भन्ने बहस सुरु भएको छ। सेनाले यसअघि एमआई १७ खरिद गर्ने जनाइसकेको छ। उक्त कम्पनीले नेपालमा रहेका पूर्वप्रहरी अधिकारीसमेतको कम्पनीमार्फत त्यस्तो लबिइङ थालेको सैन्य उच्च स्रोतले बतायो।
उनीहरुले अमेरिकी निकट मानिने केही व्यापारीहरुलाई समेत प्रभावमा पारेर लबिइङ थालेको अधिकारीहरुले बताएका छन्। रुससँग अमेरिकाको सम्बन्ध नराम्रो रहेको अवस्था र अमेरिकासँग नेपाली सेनाको राम्रो सम्बन्ध रहेको कारण त्यो बाटो पनि उनीहरुले उपयोग गर्न खोजेको बुझाइ सेनाका अधिकारीहरुको छ।









प्रतिक्रिया दिनुहोस्