हिमालका भेडीगोठ बेशी सरे



कोहलपुर,२४ पुस/   हिमाली जिल्लामा चिसो अत्याधिक बढेसँगै हिमाली क्षेत्रमा रहेका चौंरी र भेडीगोठ बेंसीतर्फ झार्न थालिएको छ । बेंसी झरेका गोठ अब चैतसम्म बेंसीकै खर्कमा रहनेछन् ।

यसअघिका वर्षहरुमा चाँडै चिसोसँगै हिमपात हुँदा मंसिरमा नै बेंसी झर्ने भेडा र चौंरीका गोठहरु भर्खरै मात्र ओरालो लाग्दैछन् । यो वर्ष सामान्य हिमपात र चिसो मौसम पुस मध्यबाट मात्र सुरु हुँदा ढिला गरी गोठ बेंसी झर्न थालेका हुन् ।

मध्य तथा सुदुरपश्चिमका विभिन्न हिमाली जिल्लाका स्थानबाट भेडा र चौंरीगोठ बेंसीतर्फ सार्न थालिएको छ । उनीहरु चौरी गोठसँगै गोठधनी पनि खाने–बस्ने सबै सरसामान लिएर बेंसीतर्फ झर्ने गरेका छन ।

अत्याधिक मात्रामा चिसो बढन थालेपछी जिल्ला छाडेर नेपालगन्ज सुर्खेत धनगढीमा आई बस्ने गरेका छन ।
त्यस्तै ताप्लेजुङको घुन्सा, ओलाङ्चुङगोला, पापुङ, कालिखोला, पाँचथरको फालोट, इलामको सन्दकपुर, कालापोखरी लगायतका स्थानहरुबाट पनि बेशी झरेका छन् । उनीहरु हिउँदभर सामूहिक रुपमा खर्कमा बनाइएका गोठहरुमा बस्ने गर्दछन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार