निर्माणको मुख्य सिजनमै बढाइयो डन्डी र सिमेन्टको मूल्य



काठमाडौं,२२ पुस/  भारत र चीन लगायतका मुलुकबाट आउने कच्चा पदार्थ महंगिएको कारण देखाउँदै सिमेन्ट र छडको मूल्यमा भारी वृद्धि गरिएको छ ।

वीरगञ्ज नाकाबाट क्लिंकर आयात गर्न समस्या भएपछि सिमेन्टमा बोरा ३० देखि सय रुपैयाँभन्दा बढी मूल्य बढाइएको छ भने छड पनि किलोकै ८ देखि १० रुपैयाँ महंगो भएको छ । प्रायः सबै ब्राण्डका सिमेन्ट र छड औसतदरभन्दा महंगो भएका छन् ।

यसले नेपालमा निर्माणका कामको लागत पनि बढाएको छ भने निर्माणेको मुख्य सिजनमै धेरै उपभोक्ताहरु मारमा परेका छन् ।नेपाल सिमेन्ट उत्पादक संघका अनुसार उत्पादन र ढुवानी लागत बढेकाले मूल्य बढाइएको हो । यस्तै अन्तर्राष्ट्रिय बजारमा फलामे कच्चा पदार्थ बिलेटको मूल्य बढेको भन्दै फलामे डन्डीको मूल्य पनि बढाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २२ गते शनिबार