काठमाण्डौं/ अमेरिकामा वितरण गर्न लागिएको अन्तर्राष्ट्रिय भाषा साहित्य पुरस्कार साहित्यकार कृष्ण धरावासीलाई प्रदान गरिने भएको छ । उक्त पुुरस्कार डेढ लाख रुपैयाँ धनराशी रहेको आयोजकले जनाएको छ ।
भाषा र साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने नेपाली स्रष्टालाई दिइने पुरस्कारको भागीदार बनेका साहित्यकार नेपाली साहित्यका चर्चित खेलाडी हुन् । अमेरिकाका लागी नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले वाशिंगटन डिसीमा धराबासीलाई डेढ लाख रुपैयाँ पुरस्कार राशिको अन्तर्राष्ट्रिय भाषा साहित्य पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
उक्त समारोहमा विभिन्न साहित्य विधाका लागि ५ वटा अन्तर्राष्ट्रिय पुरस्कार सहित नेपाली भाषा साहित्यका जम्मा १९ वटा पुरस्कार वितरण गरिदैछ । जस मध्ये सबै भन्दा ठूलो राशीको पुरस्कार उपन्यासकार तथा साहित्कार धराबासीलाई प्रदान गरिन लागिएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना गरेको उक्त पुरस्कार वितरण यही जनवरी ६ तारिखका दिन हुनेछ । धरावासी निकै लामो समय देखि नेपाली साहित्यको क्षेत्रमा सक्रिय साहित्यकार हुन् । झोला कथाका साथै आधाबाटो, राधा, तल्लोबाटो लगायत उनका थुप्रै उपन्यास चर्चित छन् ।
TV Annapurna.
प्रकाशित मिति : २०७४ पुस २१ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्