बर्दिया,२० पुस/ बर्दियाको बाँसगढीमा दोस्रो बाँसगढी औद्योगित व्यापार मेला तथा माघी महोत्सव २०७४ सञ्चालनको लागि मुल आयोजक समिति र उपसमितिहरु गठन गएिको छ । बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजनामा माघ ११ गते देखि २१ गते सम्म चल्ने महोत्सव सञ्चालनको लागी बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष कटक विसिको संयोजकत्वमा मुल आयोजक समिति र उपसमितिहरु गठन गरिएको हो ।
बुधबार बसेको सँघको बैठकले मेला अवधि भर सचिवालयको लागि सचिव बिष्णु पौडेललाई तोकेको छ । त्यस्तै प्रचारप्रसार उपसमितिको संयोजकमा उपाध्यक्ष शंकर शर्मा, अथिति सत्कार उपसमितिको संयोजकमा संस्थापक अध्यक्ष पुष्पराज बराल, सुरक्षा व्यवस्थापन र युवा परिचालन उपसमिति संयोजकमा एकनारायण अधिकारी, मञ्च व्यवस्थापन तथा गेट निर्माण उपसमितिको संयोजकमा शिव देवकोटा, साँस्कृत तथा झाक्री व्यवस्थापन उपसमितिको संयोजकमा रामसिङ थारु, व्यानर प्रयोजन उपसमिति संयोजकमा बद्री बराल र विद्युत खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिति संयोजकमा हरी लामिछानेलाई चयन गरिएको
छ ।
वाणिज्य संघको भवन निर्माण गर्ने उदेश्यका साथ सञ्चालन हुने महोत्सवको तयारीको लागि गठित उपसमितिहरुले तिब्र गतिमा काम थाल्ने पनि छन ।
प्रकाशित मिति : २०७४ पुस २० गते बिहीबार









प्रतिक्रिया दिनुहोस्