नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान



डिल्ली शाही /कोहलपुुर १० , बाँकेको कोहलपुरस्थित सिम्ताली एकता समाजले बधाई तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न गरेको छ । नवनिर्वाचित केन्द्रीय प्रादेशिक र स्थानीय तहका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान सम्पन्न गरेको हो ।
प्रतिनिधि सभा सदस्य नन्द लाल रोकायको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा रोकायले भने, ‘हामीलाई बधाई तथा सम्मान गरेकोमा हामी आभारी छौं,े देशमा वाम गठबन्धनले पार्टी एकता गरेर अगाडि बढ्यो भने काँग्रेस पार्टी नेपालमा नै नरहने सम्भावना छ ।” पार्टी एकिकरण गर्ने चुनौती छ, शिर्ष नेताहरुले मात्र पार्टी एकिकरण गरेर मात्र नुहुने बताउँदै वाम एकता भएन भने देशमा ठुलो दुर्घटना व्यर्होने पनि बताए । देशको विकास कम्यूनिष्ट पार्टीले मात्र गर्ने समेत उनको जिकिर छ ।
कार्यक्रमका सभापति सिम्ताली समाजका अध्यक्ष निमकान्त उपाध्यक्षले हामीले कोहलपुर, नेपालगञ्ज र बैजनाथ लगायतका स्थानमा विभिन्न १५ वटा समूहहरु निमार्ण गरिसकेका छौं, उनले भने सिम्ताली एकता समाजले समाज एकता, सामाजिक विकास, परिवर्तन र समाज रुपान्तरणको मुख्य लक्ष्य लिई निरन्तर रुपमा काम गरिरहेको बताए ।
त्यसै गरी नवनिर्वाचित बाँके जिल्ला क्षेत्र नं. ३ ‘क” का प्रदेश सभाका इन्द्र प्रसाद खरेल (आइपी)ले भने मतदाताले मतदान गरेर मात्र विकास नहुने बताए । जनप्रतिनिधिले गरेका प्रतिवद्धताहरु पूरा गर्न मतदाताहरुले म लगायत अन्य जनप्रतिनिधिलाई पनि निरन्तर रुपमा सल्लाह, सुझावको आवश्यकता रहेको बताए । उनले भने पैसाले हा¥यो स्वाभिमानले जित्छ त्यसैले हामीले जित्यौं । समाज परिवर्तन, विकास र देशको निमार्णको निम्ति मतदाताको ठूलो भूमिका रहेको उनको भनाइ छ ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावत, उपप्रमुख सन्जु कुमारी चौधरी, समाज सेवा समाजका अध्यक्ष
बिनोद थापा, बैजनाथ गाउँपालिकाका वडा सदस्य तथा साना किसान सहकारी संस्थाकी अध्यक्ष पुतली हमाल , भेरी शित भण्डार डोलराज अर्याल लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १० गते सोमबार