डिल्ली शाही /कोहलपुुर १० कोहलपुरस्थित बाँगेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा खुल्ला तथा दुर शिक्षा बारे प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका अन्र्तगत खुल्ला तथा दुर शिक्षाका प्रबन्धक बाल मुकन्दले भने ‘अब विद्यार्थीहरुले घरमा बसीबसी पनि शिक्षा लिन सक्नेछन्, । अहिले विभिन्न नेट इन्टरनेट तथा प्रविधिको विकाससँगसँगै विद्यार्थीहरुले नियमित रुपमा विद्यालय जान नसक्ने विद्यार्थीहरुलाई यो शिक्षा अति अपयोगी रहेको बताए ।” शर्माले भने विद्यार्थीहरुलाई खुल्ला तथा दुर शिक्षा लिनको लागि एउटा ल्याटप, इन्रटरनेट आवश्यक साम्रागी रहेको पनि बताए ।

खुल्ला तथा दुर शिक्षा कसरी लिने, कहाँ बाट लिने, यसको फाइदा बारे चर्चा गर्नुभएको थियो । यस पद्धतिलाई विद्यालयमा एउटा फार्म भर्ने र परिक्षा मात्र दिने अर्काे फार्म भर्ने र कक्षामा प्रत्यक्ष रुपमा आमुन्य सामुन्यबाट शिक्षा लिने दुई तरिका बारे पनि लिने चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा बाँगेश्वरी बहुमुखी पब्लिक क्याम्पसका उप—प्रमुख कृष्ण अधिकारी, नेपाली विभागका प्रमुख पुष्करनाथ रिजाल, महेन्द्र बहुमुखी क्याम्पसका उप–प्रध्यापक तथा अङग्रेजि विभागका प्रमख हरी प्रसाद तिवारी, तगायत विभिन्न शैक्षिक संस्थाका प्रध्यापक तथा शिक्षकहरुको उल्लेखिनीय उपस्थीति रहेको थियो । कार्यक्रम संचालक बाँगेश्वरी क्याम्पसका धन बहादुर हमालले संचालन गर्नुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्