मिसन सामाचारदाता/ कोहलपुर, पुस ४ / बाँकेमा सूचनाको हक र सुशासनको क्षेत्रमा क्रियासिल संस्था सूचना र मानवअधिकार अनुसन्धान केन्द्र बाँकेले स्थानीयतहमा कसरी पारस्परिक जवाफदेहिताका वातावरण सृजनागर्न सकिन्छ भन्ने सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।
छलफलमा आईएच आरसीका अध्यक्ष विश्वजित तिवारी, युुएसएड÷एफएचआई ३६० का उपप्रमुख सजना महर्जन र सुुशासन एडभाइजर विकास पन्थीले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमु डा. धवल सम्शेर राणा र उपप्रमुख उमाथापा मगरसँग नेपालको नयाँ संघीय संरचनामा पारस्परिक जवाफदेहितामा नागरिक समाजको भूमिकाबारे छलफल गरेका छन् ।
नागरिक समाज सदैव निष्पक्ष भएर लाग्नुु पर्ने उपप्रमुख थापाले बताइन् । नागरिक समाज र जनप्रतिनिधिले उत्तरदायी र जवाफदेहिता ध्यान दिने पर्ने सहभागीहरुले जोड दिएका थिए ।
सो छलफलको क्रममा प्रमुख राणाले नागरिक समाजको भूमिका सदैव खाँचो रहेकोले निरन्तर नागरिक समाज विकासको पाटोमा सहयात्रीबन्नुु पर्नेमाजोड दिए । युुएसएड÷एफएचआई ३६० का उपप्रमुुख सजना महर्जनले नागरिक समाजले पनि स्थानीय तहमा जवाफदेहिता र उत्तरदायी भूुमिका निभाउनुु पर्ने बताए ।
प्रकाशित मिति : २०७४ पुस ४ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्