रावन बिश्वकर्मा पुस ०४ / बर्दियामा केही वर्ष यता मसाल जन्य खेती तर्फ किसानहरुको आकर्षण बढेको छ । बर्दियाको बाँसगढीमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पुरक अनुदान प्राप्त मसला प्रशोधन तथा बजारिकरण उपआयोजना सञ्चालन बाट कृषकहरुको मसाल खेती तर्फ आकर्षण बढेको हो ।
उपआयोजना सञ्चालन भए यता ५ ओटा समुहका करिब १ सय १० जना किसानहरुले मसला खेती गरिरहेका छन । मसला खेतीको लागि उपआयोजना र क्षितिज
मसाल उद्योग बाँसगढीले मसला जन्य बाली उत्पादनको लागि कृषकहरुलाई जोताईका लागि मिनि टिलर, सिचाईका लागि पम्पसेट, मसला जन्य बिउबिजन वितरण तथा आवश्यक तालिम दिइएकाले पनि मसाल जन्य बाली उत्पादन गर्न सहज भएको किसानहरुको बताए ।
किसानहरुले मसला जन्य बाली बेसार, धनिया, खुर्सानी लगायत उत्पादन गरिरहेका छन । किसानहरुले उत्पादन गरेको मसाला जन्य कच्चा पदार्थ क्षितिज मसाला उद्योग बाँसगढीले नै खरिद गरिदिने भएकाले अझै किसानहरुलाई सहज भएको क्षितिज मसाल उद्योगका सञ्चालक तथा उप–आयोजनाका प्रबन्धक होमनाथ अधिकारीले
बताए । उपआयोजनाबाट बाँसगढी र गुलरिया नगरपालिका भित्रका किसानहरुले ५ ओटा समुहमा विभाजन भई बिघाको बिघा मसला जन्य बाली लगाएका छन । उपआयोजना सञ्चालन भएको पहिलो वर्ष ३० क्विइन्टल बेसार मात्रै किसानबाट खरिद गरिएको अधिकारीले बताए । मासिक २ सय मेट्रिक टन गुणस्तरीय मसाला उत्पादन हुने गरी क्षितिज मसाल उद्योग सञ्चालन गरिएको सञ्चालक अधिकारीको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्