मिसन सामाचारदाता/ कोहलपुर, २८ मंसिर, बाँके क्षेत्र नं.१ (क) की नवनिर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना) आफूलाई विजयी गराउने मतदाताहरु माँझ खुशी साट्दै र समस्या सुन्दै घरदैलो गरिरहेकि
छिन् । विजय उत्सव सँगै राप्तीसोनारी र नरैनापुर गाउँपालिकाकालाई नमूना बनाउने प्रतिवद्वता जनाएकि छिन् । विजय पश्चात मतदाताको घरदैलोमा पुगिरहेकी प्रदेश सभा सदस्य नमूनाले ५ वर्षभित्र आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिकालाई नमूना बनाएर नै छोड्ने प्रतिवद्वता सहित जनतासँग सधै साथमै रहने दावी गरिन् । राप्ती सोनारी र नरैनापुर गाउँपालिका विकास तथा अन्य कुरामा पछि परेको बताउदै उनले अब यी क्षेत्रको विकासले तिव्र गतिमा फड्को मार्ने दाबी गरिन्े । आफुलाई मतदान गरेर विजयी बनाउने मतदातालाई घरदैलोमा नै पुगेर धन्यवाद दिदै उनले भनिन्,‘ राप्तीसोनारी र नरैनापुर शिक्षा, स्वास्थ्य, लगायतका कुराहरुमा पछाडि परेको छ, यसलाई क्रमिक रुपमा सुधार गरेर नमुना गाउँपालिका बनाउन लागिपर्ने छु ।’
निर्वाचनको घोषणा पत्रमा गरिएका सबै प्रतिवद्धताहरु क्रमशः कार्यान्वयनको चरणमा लैजाने भन्दै सोही अनुसार बाँके क्षेत्र नम्बर १ अन्तरगत प्रदेश (क) विकास निर्माणमा पहिलो प्राथमिकता दिने आश्वासन दिइन् । विजयी भएसँगै नमुना मतदातालाई धन्यवाद दिन र विजय उत्सव बनाउन जनताको घरदैलोमा पुगिरहेकि छिन् ।
प्रकाशित मिति : २०७४ मंसिर २८ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्