२० मंसिर,हुम्ला / सर्केगाँड गाउँपालिका ७ रोडिकोटमा रुघाखोकी ज्वरोका कारण दुई जनाको निधन भएको छ ।मृत्यु हुनेमा रोडिकोट ७ भिम नगर निवासी ६७ वर्षीय धौला छत्याल र रोडिकोट ठुला गाउँका ६४ वर्षीय सुनामबहादुर शाहीको मृत्यु भएको हो ।स्थानीय तेजबहादुर छत्यालका अनुसार तीन दिन लगातार ज्वरो र टाउँको दुख्ने विरामकै कारण उनीहरुको निधन भएको बताए ।
उनले रोडिकोट स्वास्थ्य चौकीमा औषधि सामान्य सिटामोटसमेत नभएको र निजी मेडिकलबाट किनेर ल्याएर काम चलाउने गरेको बताए । रुघाखोकीको प्रभाव भिमनगर, रोडिकोट ठूलागाउँ लगायतका स्थानमा धेरै बिरामी परेका छन् ।
उता, स्थास्थ्य चौकीका इज्चार्ज टेकबहादुर बुढाले भाइरल ज्वरो नभएको र सामान्य ज्वरो मात्रै भएको दाबी गरे ।
उनले सामान्य ज्वरो, रुघाखोकीका बिरामी स्वास्थ्य चौकी आउने गरेको बताए । स्वास्थ्य चौकीमा औषधिसमेत नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।
प्रकाशित मिति : २०७४ मंसिर २० गते बुधबार









प्रतिक्रिया दिनुहोस्