मंसिर १०, २०७४ रुकुम / पश्चिम रुकुमको बाँफीकोट गाउँपालिका वडा नम्बर- ५ स्थित रत्न आधारभूत विद्यालय ‘क’ केन्द्रको मतपेटिका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले जलाइदिएका छन्। मतदान जारी रहँदा विप्लव माओवादीका कार्यकर्ताले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपेटिकामा आगो लगाइदिएका हुन्। सो मतपेटिका पूर्णरुपमा जलेको बताइएको छ। घटनामा संलग्न ३ जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक ऋषि ढुंगानाले जानकारी दिए। आगजनीपछि मतदान तत्कालका लागि स्थगित भएको छ। अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल जारी छ। रुकुमकै आठबीसकोटमा बम विस्फोट भएको छ। मतदान केन्द्रबाट टाढा नै विस्फोट भएकाले कुनै क्षति भएको छैन। यद्यपि मतदातामा त्रास भने फैलिएको छ। जिल्लाका अन्य स्थानमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुमले जनाएको छ। रुकुममा १२ बजेसम्ममा २५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय रुकुमका सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए।
प्रकाशित मिति : २०७४ मंसिर १० गते आइतबार









प्रतिक्रिया दिनुहोस्