पलभरमै गयो २३५ जनाको ज्यान, बचेकालाई छानी छानी गोली हानियो



घटनामा परी अन्य सय जनाभन्दा बढी घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन्। शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जीदलाई लक्षित गरी बम र गोली प्रहार गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले उल्लेख गरेको छ।

घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ। घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । मस्जीदमा प्रार्थना गर्न मुस्लीम धर्माबलम्बीहरु भेला भएका वेला आक्रमण भएकाले धेरै जना घाइते भएको बताइएको छ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ९ गते शनिबार