बैतडी, २६ कार्तिक/ आगामी मंसीर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि बैतडीमा मतपत्र पुगेको छ । हेलिकोप्टर मार्फत समानुपातिक र प्रत्यक्ष तर्फका ४ लाख ५० हजार मतपत्र जिल्ला पुगेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभएको छ ।

निर्वाचनकालागि आवश्यक सामाग्री यसअघिनै जिल्ला पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । निर्वाचनको मिति नजिकिएसंगै जिल्ला निर्वाचन कार्यालय वैतडिले निर्वाचनको तयारी तिव्र बनाएको बताएको छ ।