कोहलपुर,२६ कात्तिक/ नेकपा एमालेका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार नन्दलाल रोकायले अबको निर्वाचनपछि आफनो क्षेत्रमा विकास निर्माणले अझ गति पाउने बताएका छन । नेकपा एमालेले जितेपछि चारवर्षअघि शुरु भएको विकास निर्माणको गतिलाई अघि बढाउने उम्मेदवार रोकायले बताए ।
बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत शनिबार चिसापानीमा भएको अगुवा कार्यकर्ता भेलामा उम्मेदवार रोकायले क्षेत्र नम्बर ३ का विकास निर्माणका सवालसंग आफू परिचित रहेको भन्दै सहयोगको लागि आगह गरे । कार्यक्रममा पदेशसभा ३(१) का उम्मेदवार आईपी खरेलले आफनो क्षेत्रको विकासका लागि सदै क्रियासिल रहदै आएको बताए ।
उनले बाँके राष्ट्रिय निकुञ्जमा तारबारसहित, सडक कालोपत्रे, सिचाई, उच्च शिक्षा र प्राविधिक शिक्षा लगायत भौतिक पूर्वाधार निर्माणमा आफनो विशेष जोड रहने बताए ।
यसैगरी शनिबार नै बनकटवामा क्षेत्रस्तरीय युवा संघको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले बताए ।
यसैगरी शनिबार नै क्षेत्र नम्बर ३(२) को अगुवा कार्यकर्ता भेला गनापुरमा सम्पन्न भएको छ । कार्यक्रममा क्षेत्र नम्बर ३(२) का उम्मेदवार बाबुराम गौतमले बाम पन्थीहरुको नेतृत्वमा बन्ने स्थायी सरकारले सबैखालका समस्या समाधान गर्ने बताए ।
कार्यक्रममा उम्मेदवार रोकाय, निर्वाचन परिचालन समितिका संयोजक दलबहादुर सुनार, सचिव रत्न खत्री, मुल निर्वाचन परिचालन समितिका सदस्य डम्बर विक, क्षेत्र नम्बर ३ (२) का संयोजक पदम धिताल लगायको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्